XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

अनलाइनखबरकर्मी शर्मालाई डायलसन स्मृति पत्रकारिता पुरस्कार

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै अनलाइनखबरकर्मी टोपराज शर्मासहित चारजना पत्रकारलाई डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ । तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका शर्मालाई लगनशीलता, निष्ठा र पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।…

फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा मन्त्री गौतमले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको नीति लागू नहुने स्पष्ट पारेकी हुन्…

नेपाल रिलाई हकप्रद सेयर निष्कासन गर्न सरकारको स्वीकृति

नेपाल रिमा लगानी थप गर्ने मन्त्रिपरिषद् निर्णयसँगै यसअघि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ ।

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कांग्रेस आधिकारिकता विवादमा सार्वजनिक विषयबारे निष्पक्ष छानबिन गर्न देउवा समूहको माग

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक…

नानो फर्टिलाइजर र प्राङ्गारिक मल ‘आवश्यक पदार्थ’ सूचीमा, मल नियन्त्रण आदेश २०८३ स्वीकृत

रासायनिक मलको विकल्प र माटोको स्वास्थ्य सुधारका लागि विश्वभरि नै नानो र जैविक मल प्रयोग बढिरहेको सन्दर्भमा नेपाल सरकारले यसलाई आवश्यक पदार्थमा राखेर प्रवर्द्धन गर्न खोजेको हो ।

तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो

दुई वटा संसदीय समितिका सभापतिसहित सांसदहरूको टोलीले नयाँ संसद भवनस्थित निर्माणस्थलको अनुगमन गरेको छ । टोलीले निर्माण कार्यमा भएको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

'केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ,’ प्रचण्डले भनेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : निवृत्तिभरण कोषदेखि खानेपानी विधेयकसम्म

कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

सभामुखलाई भेटेर कांग्रेसले भन्यो- संसद्लाई लामो समय खाली राख्न हुँदैन

‘गम्भीर विषयहरू आएको र आएका विषयमा संसद् बाहिर छलफल गर्नभन्दा संसदमा छलफल हुनुपर्ने र यसका लागि छिटो संसद बैठक बोलाउनुपर्ने भनेर सभामुखलाई भनेको छु’, उनले भने ।

दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । कात्तिक २० गते शुक्रबार…

ग्राभेल हाल्नुपर्ने सडकमा माटो प्रयोग, स्थानीयको विरोधपछि रोकियो निर्माण

निर्माण सम्पन्न गर्ने समयसीमा नजिकिँदै गर्दा ठेकेदार कम्पनीले काममा हतार गर्दै गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार रातिको समयमा गाउँलेहरू सुतिसकेपछि ग्राभेलको सट्टा माटो खसाल्ने काम भइरहेको छ।

असन्तुष्टहरूलाई एकता प्रक्रियामा सामेल हुन माधव नेपालको आह्वान

१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी…

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए । अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको…

रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरले जनकपुरलाई २ रनले हरायो

आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

प्रश्नपत्र नै अपुग भएपछि दृष्टि विशेषज्ञको प्रवेश परीक्षा रोकियो

प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो ।

न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ । ‘प्रधानन्यायाधीश र न्यायाधीशहरूसित जोडिएर जुन खालको विषय सार्वजनिक…

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले नेपालको…

कुखुराको मूल्य निरन्तर ओरालो, काठमाडौं उपत्यकामा तयारी मासु कतिमा पाइन्छ ?

नयाँ निर्णयसँगै जिउँदो कुखुराको कोल्डस्टोर खरिद मूल्य घटेर प्रतिलो २ सय ५० रुपैयाँ कायम भएको छ ।

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूत ह्वाइटलीको भेटवार्ता

भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो ।

बढ्यो सेयर बजार, कारोबार घट्यो

१७ कात्तिक, काठमाडौं । अघिल्लो दिन ३२.६५ अंक घटेको सेयर बजार मंगलबार ६.६२ अंक बढेको छ । कारोबारका क्रममा धेरैजसो समय रातो अंकमा रहेको बजार अन्ततः बन्द हुँदा हरियो हुन पुग्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब १८ करोडको कारोबार…

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ ।

देउवा पक्षद्वारा दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा मनोनीत

पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको अधिवेशन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ ।

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । अपिहिमाल, कालीढुंगा, रिछार्दे…

न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन : नैनसिंह महर

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकाको स्वतन्त्रता र राज्यका प्रमुख संस्थाहरूको विश्वसनीयतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पछिल्लो समय विशेष सेटिङका कारण न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरू विवादमा परेको भन्ने समाचारले गम्भीर प्रश्न खडा गरेको बताएका हुन् । नेता महरले कांग्रेस…