XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ता तयारी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ।

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिले छलफल बोलायो

अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर लेखा समितिमा उजुरी परेको छ ।

आरक्षणबाट निजामतीमा १,१६१ जना अपांगता भएका व्यक्तिले पाए प्रवेश

६ मंसिर, काठमाडौं । समावेशी नीति लागू भएयता निजामती सेवामा आरक्षणमार्फत १ हजार १६१ जना अपांगता भएका व्यक्तिले प्रवेशको अवसर पाएका छन् । आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म अपांगता भएका व्यक्तिले निजामती सेवामा आरक्षणको अवसर पाएका हुन् । तर, यस्तो अवसर पाउनेमा अपांगताभित्रका पनि कुन वर्ग, क्षेत्र, जात र लिंगका…

त्रिविले रसुवा बाढी प्रभावित विद्यार्थीका लागि १६ शीर्षकमा शुल्क मिनाहा गर्ने

६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएका विद्यार्थीको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बाढीबाट प्रभावित त्रिविको वार्षिक/सेमेस्टर प्रणालीमा अध्ययनरत तथा नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि सम्बन्धित स्थानीय निकायको सिफारिस गरेपछि शुल्क मिनाहा हुनेछ । त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी, परीक्षा शुल्क, त्रिवि रजिष्ट्रेशन शुल्कबाहेकका शुल्क मिनाहा हुनेछ…

मधेशमा सहमतिको सरकार गठनको पहल गर्छु : मुख्यमन्त्री यादव

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिको सरकार गठनको पहल गर्ने बताएका छन् । त्यसका लागि दलहरुसँग छलफल गर्ने उनले बताए । आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि पत्रकारहरुको जिज्ञासामा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताए । ‘सबै दललाई फेरि मिलाएर सहमतिको सरकार बनाएर राम्रो काम गर्ने,’ उनले भने । उनले…

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई तीन वर्षको जेल सजाय

६ मंसिर, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्,…

भारत भ्रमणमा श्रमिकका स्वास्थ्य र सामाजिक सुरक्षा मुद्दा उठाउन प्रधानमन्त्रीलाई आग्रह

खुला सिमाना र रोजगारी अवसरका कारण ठूलो संख्यामा नेपाली नागरिक भारतका विभिन्न सहर, औद्योगिक क्षेत्र, निर्माण, कृषि, होटल तथा अनौपचारिक क्षेत्रमा मौसमी र दीर्घकालीन रोजगारीमा संलग्न छन् ।

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी

६ मंसिर, विराटनगर । केशरकुमार बुढाथोकी निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई १४० मतले पराजित गर्दै बुढाथोकी अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बुढाथोकीले २७२ मत प्राप्त गरेका छन् । गौतमले १३२ मत पाएका छन्…

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् । प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् । भारतका…

सेती किनारमा १३ वर्षदेखि रोकिएको समय

सेती बाढीमा घर र आफन्त गुमाएका परिवार १३ वर्षदेखि राहतका लागि कागज बोकेर कार्यालय धाइरहेका छन् । पुनःस्थापनाको जिम्मेवारी भने संघ, प्रदेश र स्थानीय तह बीच अल्झिएको छ ।

‘प्रिय कर्णाली’ भन्दै राष्ट्रिय खेलकुदका लागि प्रधानमन्त्री बालेनको शुभकामना सन्देश

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुदको विकाससँगै राष्ट्रिय एकता, आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा कर्णालीवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले प्रतियोगिता खेलाडीहरूको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र खेल पूर्वाधारको विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताएका हुन्।…

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णबाट पूर्वनिर्धारित कार्यक्रम अनुसार भएको शपथ समारोहमा जनमतका तर्फबाट चन्दनकुमार सिंह मात्र उपस्थित थिए ।

खलामा धान भर्दै स्थानीय सरकार

६ मंसिर, पाँचथर । पाँचथर मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन् । पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरू हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन् । सो गाउँपालिकाले आव २०७७/७८ देखि कृषक…

बालेनको भारत भ्रमणबारे भारतीय मिडियाले के लेखे ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमले विशेष चासोका साथ हेरेका छन् । विगतको कूटनीतिक असहजता हटाएर आर्थिक तथा विकास साझेदारीलाई व्यवहारिक परिणाममा पुर्‍याउने अवसरका रूपमा भ्रमणलाई व्याख्या गरिएको छ ।

भारतमा नेपालीलाई पहिचानदेखि उपचारसम्म समस्या, कूटनीतिक पहल गर्न माग

६ मंसिर, काठमाडौं । भारतमा वर्षौंदेखि बस्दै आएका नेपालीहरूले आफ्नो पहिचान लुकाउन बाध्य छन् । त्यहाँ बस्ने नेपालीहरूसँग नेपाली नागरिकता भए पनि उनीहरूले विभिन्न समस्या झेल्न बाध्य छन् । बैंक खाता खोल्न, सिमकार्ड लिन, रोजगारी पाउन र उपचारका लागि रकम व्यवस्थापन गर्न समेत समस्या भोग्नुपरेको प्रवासी नेपालीहरू बताउँछन् । भारतको नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका…

सिमरामाथि सधैं जहाजको घुइँचो किन ? नेपाललाई भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरको एयर रुट किन अनिवार्य छ ?

नेपालले डेढ दशकभन्दा लामो समयदेखि नयाँ हवाई प्रवेश बिन्दु थप्ने प्रयास गर्दै आएको छ । काठमाडौँको यो प्रस्ताव दिल्लीले स्वीकार नगर्दा नेपाल ‘ल्यान्डलक्ड’ मात्र होइन, झन्डै ‘एयर रुट लक्ड’ मुलुक समेत बन्न पुगेको छ ।

के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?

पेचिलो विश्व राजनीति र क्षेत्रीय परिवेशका बीचमा हुन लागेको यस भ्रमणको विशिष्ट महत्त्व छ। दक्षिण एसियाका धेरै देशहरूमा हालैका वर्षमा आएको राजनीतिक उतारचढाव र भूराजनीतिक तरलताका कारण भारतले छिमेकमा भरपर्दो साझेदार खोजिरहेको छ।

भारतको राजस्थानमा गाडी दुर्घटना हुँदा एकै परिवारका ९ जनाको मृत्यु

६ मंसिर, काठमाडौं । भारतको राजस्थानस्थित कोटामा भक्तजन बोकेको एउटा गाडी सडक छेउमा पार्क गरिएको ट्रकसँग ठोक्किँदा एकै परवारका ९ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने अन्य केही जना घाइते भएका छन् । कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीका अनुसार १६ जना सवार गाडी मध्यरातमा…

अस्ट्रेलिया बसेर विकसित देशका जनस्वास्थ्य नीति बनाउन सक्रिय नेपाली डाक्टर

विराटनगर महानगरपालिका–१३ रानीबाट संघर्ष गर्दै माथि उठेका डा. उदयनारायण यादव अहिले अस्ट्रेलिया बसेर विश्व स्वास्थ्य संगठन, अस्ट्रेलिया र अन्य विकसित मुलुकहरूको जनस्वास्थ्य नीति निर्माण गर्ने तहमा पुगेका छन् । जनस्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विश्वका थोरै वैज्ञानिकको सूचीमा उनको नाम छ ।

एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ सार्वजनिक सुनुवाइमा बयान दिन सहमत

६ मंसिर, काठमाडौं । एनभिडियाका पूर्व-सीईओ जेन्सेन हुआङ अमेरिकी सिनेटको सार्वजनिक सुनुवाइमा बयान दिन सहमत भएका छन्। रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर टिम स्कटका एक सहयोगीले शुक्रबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएका हुन्। एक चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग हुआङको सम्बन्ध रहेको आरोपबारे सांसदहरूले अनुसन्धान गरिरहेका छन्। न्युयोर्क टाइम्सको एक रिपोर्टपछि हुआङमाथि अमेरिकी सांसदहरूको ध्यान…

एफबीआई ह्याकले ‘रसिया होक्स’ को पर्दाफास गर्न सक्छ : ट्रम्प

६ मंसिर, काठमाडौं । अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) को एक अत्यन्तै महत्त्वपूर्ण डेटाबेस ह्याक भएको समाचार बाहिरिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त साइबर आक्रमणको एउटा सकारात्मक पाटो (सिल्वर लाइनिंग) पनि हुन सक्ने टिप्पणी गरेका छन्। शनिबार बिहान 'फक्स न्युज' लाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त डेटाबेस चुहावटबाट आफूले लामो समयदेखि भन्दै आएको 'रसिया, रसिया, रसिया…

ओडीआईमा १००औं खेल खेल्दै नेपाल

६ मंसिर, काठमाडौं । नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईसँगको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक हुनेछ। नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई यूएईविरुद्ध नै खेलेको छ। दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै…

गगन थापाले भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्दै

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग छलफल गर्दैछन् । थापाले टोखा-छहरे हुँदै वेत्रावती पुगेर रसुवा र नुवाकोट दुवैतर्फका बाढी प्रभावितसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । त्यसपछि रसुवाको बोगटीटारस्थित होल्डिङ सेन्टरमा पुगेर प्रभावितहरूसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ । त्यसपछि नुवाकोट फर्केर ढुङ्गे र…

काठमाडौं-दिल्ली कति दूर ?

भारतमा नरेन्द्र मोदी १२ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । नेपालमा भने ६ जना प्रधानमन्त्री बदलिइसके । मोदीकालमा नेपाल भारत सम्बन्धमा निकै अविश्वास र आशंकाहरू प्रकट भए । आजदेखि हुन लागेको प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमणले ती सबै आशंका र अविश्वास हटाएर काठमाडौं-दिल्लीको दूर घटाउला ?

दिल्लीतिर टिठ, पेकिङतिर पिठ नहोस्

प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै गर्दा काठमाडौँमा चिनियाँ कूटनीतिज्ञहरूको असन्तोष सार्वजनिक हुनु संयोग मात्र होइन। बीआरआई सम्झौता, पोखरा विमानस्थल र सीमा नाकामा देखिएको चिसोपनाले नेपाल–चीन सम्बन्धमा गम्भीर सङ्केत गरेको छ।

आठपहरियाको वडाङ्मेट सुरु, शोक बिर्साउन बराहक्षेत्रको यात्रामा

६ मंसिर, धनकुटा । वर्षभरि आफन्त गुमाउँदाको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाएर नयाँ उत्साहका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मंसिरे) पर्व सुरु भएको छ । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक…