XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

पश्चिम गुल्मीको छल्दी फाँटमा पहेँलपुर धानबाली (तस्बिरहरू)

२१ कात्तिक, गुल्मी । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने छल्दी, पनाह, निस्ती र बढीगाड खोलाका किनारमा रहेका उर्वर फाँटमा यतिबेला धानबाली लहलहाउँदो छ । खेतभरि पाकेर पहेँलपुर बनेको धानले यहाँको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएको छ । किसानले वर्षभरि गरेको मेहनत र परिश्रमको प्रतिफलका रूपमा धान भित्र्याउने चटारो सुरु हुन थालेको छ । उर्वर जमिन, सिँचाइको…

आँखामा निलो जलाशय, मनमा अविस्मरणीय यात्रा

१९ कात्तिक, काठमाडौं । केही ठाउँ यस्ता हुन्छन्, जहाँ शरीरभन्दा पहिले मन पुग्छ । मनले त्यहाँको सुन्दर आकृति बनाउँछ । अनि मनैले भन्छ, ‘त्यो ठाउँ वास्तवमै सुन्दर छ ।’ मनले कल्पेको यस्तै गन्तव्यमा जब पाइला टेकिन्छ र नाङ्गो आँखाले त्यसको सेरोफेरो नियालिन्छ, तब त्यो विराट सौन्दर्यले लट्ठै बनाइदिन्छ । मनले सजाएको भन्दा अझ राम्रो दृश्यले…

आइजेनकोट इजरायली प्रधानमन्त्री बन्ने पक्का, के नेतान्याहु जेल जालान् ?

बेन्जामिन नेतान्याहुविरुद्ध कुन-कुन मुद्दा चलिरहेका छन्, तिनमा अब के हुन्छ र आइजेनकोटको सरकारमा मुस्लिम समुदायको प्रभाव कस्तो रहन्छ भन्ने चर्चा सुरु भएको छ ।

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज पनि यो गीतको चार्म, वजन, चर्चा र उचाइमा कमी आएको छैन र तीन पुस्ताले यो गीत गाइसकेका…

काठमान्डुको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो । स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङकङ पठाएको…

नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न सक्दैन : गगन थापा

२१ कात्तिक, ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनलाई…

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

२१ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ । प्रथम चरणमा २७ जना विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराइने निर्णय गरिएको छ भने यसपछि क्रमशः पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई छात्रवृत्ति दिइँदै जाने शिक्षा…

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी सभापति गगन थापालाई विद्यार्थी जीवनदेखि नै नजिकबाट चिनेको बताउँदै भण्डारीले उनी कहिल्यै गलत नभएकोले पार्टीलाई एकजुट…

सरकारी निर्णय कुर्दै भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजना, पुनर्निर्माण ठप्प

भोटेकोशीका क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूकाे बीमा दाबी, प्राविधिक अध्ययन र पुनर्निर्माणको मोडालिटी टुंगिन बाँकी छ । निजी क्षेत्रको प्रश्न छ– सरकारले सहयोग नगरे आयोजना कसरी बन्छन् ?

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

गण्डकीमा राजस्व उठाउन खुल्यो छुट्टै कार्यालय, ठूला कम्पनी र स्रोततर्फ नजर

करका नयाँ क्षेत्र पहिचान, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्दै आन्तरिक स्रोत बलियो बनाउने गण्डकी प्रदेश सरकारको लक्ष्य ।

कर्णाली करिडोर : वर्षैपिच्छे म्याद थपिने, निर्माण गति नबढ्ने

कर्णालीका दुर्गम बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भविष्यमा भारत–चीन व्यापारिक मार्गका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना निर्माणको नयाँ चरणमा प्रवेश गरे पनि निर्धारित समयमै सम्पन्न हुनेमा शंका छ ।

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् ।

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प

१७ कात्तिक, काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका…

राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनचाँदीका सिक्का बेच्ने

केन्द्रीय बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।

आजदेखि सञ्चालनमा ल्याइयो नयाँ विद्युतीय खरिद प्रणाली

पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले बन्द गरी कागजी प्रणालीबाट ठेक्का लगाइरहेको थियो ।

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि नेपाल पर्यटन…

उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा

१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना सुरु गरेका छन् । २५–३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ वर्षे उमेर हद लगाएर सेवाबाट हटाउन खोजिएको भन्दै कर्मचारीले सर्लाहीको कर्मैयास्थित आयोजनाको कार्यालय गेटमा धर्ना सुरु गरेका हुन् ।…

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्य हुनेगरी मेलमिलापसम्बन्धी कानुन बनाउनुपर्ने बताएका छन् । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा आफ्नो संशोधन प्रस्तावको औचित्य प्रस्तुत गर्दै केरुङले अदालतप्रतिको आम नागरिकको धारणा र न्याय सम्पादनमा भइरहेको ढिलाइलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । यो विधेयक कानुन न्याय तथा मानवअधिकार…

महाभियोगबारे रास्वपालाई कांग्रेसको सुझाव– पहिले आफैँ प्रष्ट हुनू

रास्वपाभित्र न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा छलफल भए पनि कसरी अघि बढ्ने भन्नेमा सांसदहरूबीच एकमत छैन ।

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको मेडिसिटीमा उपचार हुँदै

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार, दुर्घटनामा घाइते फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी तथा न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेलकोको उक्त अस्पतालमा उपचार भइरहेको…

कांग्रेसले भन्यो : प्रधानमन्त्री कार्यालय यातनागृह जस्तो भयो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यातना गृहजस्तो भइरहेको टिप्पणी गरेको छ ।