XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ ।

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन…

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

जाडो छल्न किसानहरूले संखुवासभाको नुनढाकी, मादीको माथिल्लो क्षेत्र तथा तेह्रथुमको श्रीजुङ र मोराहाङका माथिल्लो क्षेत्रमा रहेका याक–चौरीका गोठ बेसी झारेका छन् ।

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको…

६ दिनमा ३ हजार बढी पर्यटक पुगे सिक्लेस

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् ।…

गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चेकजाँचमा सास्ती

झन्डै पाँच घण्टा कुरेर भारतीय सुरक्षाकर्मीको जाँच सकेर निस्किएका उनी नेपालतर्फको चेकजाँचको पालो पर्खिरहेका थिए । भोकभोकै सुरक्षा जाँचका निम्ति झोलाझिम्टासहित पुगेका उनी थकित थिए भने सरकारसँग आक्रोशित पनि सुनिए ।

पाँच मिनेटको दुरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभाव झेलिरहेका छन् । तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नजिकैको बस्ती पुग्नसमेत घण्टौँ घुम्नुपर्ने बाध्यता छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

२२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने…

काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध

नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा किनबेचस्थल तोकेको छ ।

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

२२ कात्तिक, काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली…

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्।

विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल

संयुक्त राष्ट्रसंघको संलग्नता र अन्तर्राष्ट्रिय बौद्ध कूटनीतिको केन्द्र बनेको लुम्बिनीमा तीर्थयात्री र ठूला विहारहरूको चमक त छ, तर स्थानीय किसान, व्यवसायी र युवाहरू यो विकास प्रक्रियाबाट किन ओझेलमा परेका छन् ?

पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा

'पोखराले हरेक चाडलाई पर्यटनसँग जोडेको छ, मौलिकतासँग जोडेको छ । तिहारलाई पनि त्यसरी नै मनाउँदैछौं,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले भने ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गए राति पौने १२ बजे…

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो । मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दशैंपछि दैनिक…

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक हासिल गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम गर्न आग्रह गरेका हुन्।

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री

केही वर्ष विदेशमा बिताएर स्वदेश फर्किएका गोकर्णले गाउँमै बसेर केही नयाँ गर्ने अठोटका साथ कृषि क्षेत्र रोजेका हुन् ।

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने

२२ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया…

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

२२ कात्तिक, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको…

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले सुइँको पाएपछि रोकियो

२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर आक्रमणको योजना बनाएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सुइँको पाएपछि हस्तक्षेप गरेर…

सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड

औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वको औसत तापक्रम १.७५ डिग्री सेल्सियस माथि, लगातार तेस्रो महिना १.५ डिग्रीको सीमा पार ।

आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

विदेशी मुद्राको विनिमयदर स्थिर

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार आज विदेशी मुद्राको विनिमयदर स्थिर छ । डलर, युरो, पाउण्डसहितका अधिकांश विदेशी मुद्राको विनिमय दर फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार शनिबारकै भाउ आइतबार पनि कायम रहेको हो । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको…

सयपत्री बजारमा पुर्‍याउन भ्याइ नभ्याइ (तस्बिरहरू)

२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ । भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको भिड देखिन्छ । त्यस्तै, काठमाडौं वरपरका बस्तीहरूमा फूल टिप्ने र माला गाँस्नेहरू यथेष्ट भेटिन्छन् । काठमाडौंको नागर्जुनका किसानहरू यतिबेला…

झिलिमिली काठमाडौंको बीचमा धपक्क त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

शनिबार साँझ ड्रोनबाट नियाल्दा उपत्यकाको दृश्य मनमोहक देखियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान झनै आकर्षक देखियो ।

एनपीएल डेब्युमै चम्किएका मिलर, टिम हारे पनि ‘प्लेयर अफ द म्याच’

कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले शानदार प्रदर्शन गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले करिब आधा इनिङ्स आफैँ ब्याटिङ गरे । चौका छक्काको वर्षा गरे ।

न्यायाधीशको संसदीय सुनुवाइमा देखिएको अदालतको ‘अनुहार’

अदालतभित्र बिचौलियाको चलखेल हुन्छ, न्यायाधीश र बिचौलियाबीच साँठगाँठ हुन्छ, राजनीतिक प्रभावमा नियुक्ति हुन्छ र पैसाले न्याय किनबेच हुन्छ भन्नेसम्मका आरोप सार्वजनिक बहसमा सीमित रहेनन् । यस्ता टिप्पणीको लेखाजोखा संसदीय सुनुवाइका क्रममा गरिए ।

मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि

उपलब्धि विवरणमा पाँचवटा विधेयक, विभिन्न नियमावली र कार्यविधि स्वीकृति, सडक तथा पुल निर्माण, कर्मचारी व्यवस्थापन, राष्ट्रिय खेलकुद तयारी, स्वास्थ्य सेवा विस्तार र विपद् व्यवस्थापन समेटिएका छन् ।

अरुन्धती र एनीका पुस्तकमा सम्बन्ध, समाज र ‘आफू’ का कुरा

अरुन्धती र एनी दुवै चर्चित छन् । तर दुवै एक्लोपनको अनुभूतिमा छन् । वा भनुँ, एकलतालाई तिनले अपनाएका छन् । यो वार्ता सकिँदा कतिपय प्रश्नको उत्तर मिल्नेछ, कतिपय थप प्रश्न जन्मने छन् ।

धनकुटा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

२१ कात्तिक, धनकुटा । तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएपछि धनकुटाको रात्रिकालीन दृश्य नै फेरिएको छ । रंगीबिरंगी बत्तीको उज्यालोले मन्दिर परिसर र सडक क्षेत्र झकिझकाउ बनेसँगै साँझपख घुमफिर गर्ने, फोटो खिच्ने र टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । परिचयमोडदेखि मन्दिर परिसर हुँदै ५२ ढोका भएको घरसम्मको सडक झिलिमिली बत्तीले…