XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

परिवारका चार सदस्य गुमाएका अवधेश हेटौंडा अस्पतालमा विक्षिप्त अवस्थामा छन् । उनी ईभीमा श्रीमती र छोराछोरीलाई चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए ।

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए । झाले सभापति लामिछानेले…

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते…

भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए । बिहीबार बिहान करिब…

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित १७ जना सवार थिए । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु…

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) लगायतका निकायहरूको सञ्चालन र नियमनका साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको निर्माण तथा सञ्चालन गर्ने विषय पनि समेटिएको छ ।

देउवा पक्षद्वारा नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरी मनोनीत

नेपाली कांग्रेसको देउवा समूहले प्यूठानका अर्जुन गिरीलाई भ्रातृ संगठन नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा मनोनीत गरेको छ ।

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका पर्साको पोखरिया तुरहाका उनी…

मकवानपुर दुर्घटनाका मृतकको पहिचान र शव व्यवस्थापनमा सहजीकरण गर्न रास्वपाको आग्रह

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका मृतकको मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले विज्ञिप्त जारी गरेर मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् । ‘पार्टी…

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए ।…

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

२०८३ सालको पहिलो ६ महिनाको बक्स अफिसले नेपाली चलचित्र उद्योगमा व्यावसायिक सफलताको कुनै निश्चित सूत्र नरहेको देखाएको छ ।

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

भीमफेदी दुर्घटना : ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् ।

जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र त्यसको जोखिमबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला यसलाई अन्तर्राष्ट्रिय वार्ताको संस्थागत प्राथमिकतामा स्थापित गर्न नसक्नु विडम्बनापूर्ण अवस्था हो ।

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्।

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । मकवानपुर प्रहरीका दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये दुई जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी छ…

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई तल्ले घरमा आगलागी भएको हो । आगलागीबाट उनको २६ वर्षीया छोरी निशा कार्की घाइते भएकी छन् । आगलागीबाट उनको…

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् ।

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

सशस्त्र प्रहरी बलका वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ ।

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

मध्यपहाडका किसानहरूले लामो समयदेखि वन्यजन्तुबाट हुने बाली क्षतिको समस्या भोगिरहेका छन्। यस्तो अवस्थामा काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले वन्यजन्तुबाट हुने क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायका लागि भरपर्दो आम्दानीको स्रोत सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् ।

देउसी-भैलोमा अश्लिल नृत्य गर्ने २ महिला पक्राउ

पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राप्ति बस्नेत छन् ।

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् ।

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ, र उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।