XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरूविरूद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिए । एक विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका…

विपद् सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिँदै

१ मंसिर, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित एक प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्राधिकरणले व्यवस्थापन गरिरहेको एकीकृत डाटा पोर्टलमा…

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय पक्राउ परेका छन् ।

कर्णाली करिडोरको दक्षिण खण्डमा ४१ किमि सडक कालोपत्रे हुने, तीन ठेक्काको स्वीकृति

१ मंसिर, सुर्खेत । कर्णाली करिडोरको दक्षिणदेखि उत्तरी सीमासम्म सडक निर्माण तथा स्तरोन्नतिको काम अघि बढेको छ । भारतसँगको सीमा जमुनाहादेखि चीनसँगको सीमा हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यस करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण व्यवसायी छनोटको काम सुरु भएको छ ।…

एनपीएलमा अनलाइन सट्टेबाजी खेलाउने भारतीय नागरिक पक्राउ

प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

कांग्रेस विधानमा फेरबदल : सुशासन प्रतिष्ठानदेखि युवा सल्लाहकार परिषद्सम्म

जनप्रतिनिधिको कार्यसम्पादन अनुगमन र मूल्यांकन गर्न सुशासन प्रतिष्ठान गठनदेखि युवा सल्लाहकार परिषद्, प्रज्ञा तथा अनुभव परिषद् र केन्द्रीय निर्वाचन ब्युरोको व्यवस्थासम्म विधानमा नयाँ संरचना थपिएका छन् ।

गण्डकी सरकार : वैधानिकताको मुद्दा अदालतमा, धरमरमै बित्यो तीन महिना

अदालतले दीर्घकालीन महत्व राख्ने निर्णय नगर्नू भनेका कारण सरकारलाई कार्यसम्पादनमै अप्ठेरो पारेको छ भने संख्या र वैधानिकताको निरुपण नभएकै कारण मन्त्रिपरिषद्समेत करिब ३ महिनादेखि अधुरै रहेको छ ।

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना भएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ ।

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।

बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुंगा खसेको थियो ।

सिन्धुली दुर्घटनाका ७ घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटनामा घाइते १४ मध्ये ७ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय…

भोटेकोशी बाढी : सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थाले विस्थापित

विदुर नगरपालिका–१ स्थित त्रिशूली बजारका ४५० घरपरिवार सरकारबाट बसोबास र खानपानको अहिलेसम्म कुनै टुंगो नलागेको भन्दै सरकारी जमिनमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।

कञ्चनपुरको सामुदायिक वनमा मृत भेटियो बाघ

मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।

एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

१ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसिर ५ गतेका लागि तय गरिएको केन्द्रिय कमिटीको बैठकलाई एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए…

इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार, भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा आजको बैठकमा छलफल…

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो ।

२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ । संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा टिम नै गठन गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार डीएसपीको नेतृत्वमा…

ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी…

शेखर र पूर्णबहादुरलाई कृष्ण सिटौलाको आग्रह- तटस्थ नबस्नुस्

सिटौलाले भने, ‘पार्टीभित्र, घरभित्र विवाद भएपछि तटस्थताले कहिँ पनि पार लाउन सकिन्न । आफ्नो मत जाहेर गर्नुपर्छ, गर्नुस् । हामीले गलत गरेका छौँ भने भन्नुस् ।'

२१ किलो सुन तस्करी प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले…

राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं कार्यसम्पादन समिति सदस्य रहेका शाहीले अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका छन् । राप्रपाको आठौं महाधिवेशनमा मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ । आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने शाहीले अनलाइनखबरसँग…

देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड

नेपालीले बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका विभिन्न ३३ ठाउँमा जग्गा किनेको भेटिएको थियो । खर्चिलो र बिलासी जीवन बाँचिरहेका नेपाली २०७४ सालमा तत्कालीन माओवादीबाट अघिल्लो दिन एमाले प्रवेश गरेर ढोरपाटन नगरपालिकाको टिकट हात पारेर जितेका थिए ।

ओलीको आपत्ति– जेनजी आन्दोलनको छानबिन गर्न बनेका आयोगबाट काम भएन

१ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरे । जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष…

आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका साथ तयार रहन निर्देशन दिएका हुन्।

नेपालभित्रै महिला र श्रमिकहरू बेचबिखनमा परिरहेका छन् : सांसद विक

१ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखनको समस्या विदेशमा मात्रै नभएर नेपालभित्रै पनि रहेको बताएकी छन् । उनका अनुसार महिला, श्रमिक र बालबालिका नेपालभित्रै बेचबिखन तथा शोषणमा परिरहेका छन् । यसलाई ख्याल गरेर समयाअनुकुल हुने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन बन्नुपर्ने उनको आग्रह छ । यससम्बन्धी प्रस्तावित विधेयकमाथि…

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

१ मंसिर, सर्लाही । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा छन् । प्रहरीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे…