XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

भ्रष्टाचार मुद्दामा माधव नेपाल र मिनेन्द्र रिजालसहित क-कसको नाम छ ?

मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।

२६ जिल्लामा देउवा समूहको अधिवेशन सम्पन्न, को–को भए सभापति ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले २६ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, साढे ७३ करोड बिगो

मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र सभामुख अर्यालबीच भेटवार्ता

१७ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भइरहेको हो । भेटवार्तामा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय र सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराउने छन् । सोमबारको…

ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख

१३ कात्तिक, काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहच कोषको बैंकखातामा जम्मा गरेको थियो । ताईवानमा रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरेको हो । मन्त्रालयमा…

कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द

वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।

असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र

सरकारले सरकारी कार्यालयहरूलाई पत्र पठाएर असोज मसान्तसम्म सम्पादित कामको प्रगति विवरण सार्वजनिक गर्न भनेको छ ।

कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा

१३ कात्तिक, काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ लाई सरकारले कार्यान्वयनमा ल्याएको छ । प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री…

अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक

१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३’ तयार पारेर अगाडि बढाएको हो । यो विधेयक रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । हालको प्रेस काउन्सिललाई पुन:संरचना गरी स्वायत्त र अधिकार सम्पन्न नियामक निकायका…

फोहोर संकलन र पुनर्प्रयोगमा जोडिँदै निजी क्षेत्र

प्रतिनिधिसभामा दर्ता फोहरमैला व्यवस्थापन विधेयकमा फोहोर संकलन र पुनर्प्रयोगमा निजी क्षेत्र जोड्ने प्रस्ताव छ ।

फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता

१३ कात्तिक, काठमाडौं । फोहरमैला व्यवस्थापन विधेयकमा २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । यो विधेयक पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए । जसमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् । फोहोरमैला व्यवस्थापन विधेयकमा फोहोरलाई अन्तिम विसर्जन गर्नुपर्ने बोझका रुपमा नभइ पुन:प्रयोग गर्न सकिने स्रोतका रूपमा व्याख्या…

बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर जोशीमठ नजिकै दुर्घटनाग्रस्त, पाइलटसहित ६ जना सवार

१३ कात्तिक, काठमाडौं । उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर शुक्रबार खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित उक्त हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी कुल ६ जना सवार थिए। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार, कल साइन भीटी–एचसीएक्स भएको…

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो । देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए । उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले…

२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च

१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो । साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको थियो । तर बजार बन्द हुँदा भने नेप्से २६९० अंकमा अडियो अर्थात् अघिल्लो दिनको तुलनामा शुक्रबार नेप्से ५.४५ अंक घट्यो । अघिल्लो दिन नेप्से ३१ अंक बढेर २६९५ अंकमा कायम भएको…

सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग, न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव

शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।

अर्घाखाँचीमै सवारी नवीकरण सेवा, ब्लुबुक नवीकरण गर्न बुटवल जानु नपर्ने

सेवा सुरु भएसँगै सवारी साधनको नवीकरण र राजस्व बुझाउन बुटवल पुग्नुपर्ने बाध्यता हटेको भन्दै मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको बताए ।

कर्णालीका राडीपाखी उद्योगको क्षमता उपयोग साढे ६६ प्रतिशत

अघिल्लो आर्थिक वर्ष कर्णाली प्रदेशका उद्योगको औसत उत्पादन क्षमता ३९.१२ बाट गत आव ३०.९८ प्रतिशतमा झरेको छ ।

जनकपुर बोल्ट्सका हरेक ‘डट बल’मा मधेशका महिलालाई एक सेनेटरी प्याड

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ ।

बूढीगण्डकी बाढीको अनुभवपछि सेनाले भन्यो : विपद्‌मा एउटै कमाण्ड चाहिन्छ

१३ कात्तिक, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताएका हुन्। उनले छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको औँल्याए। गोरखाको उत्तरी भेगस्थित…

मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायी सम्पर्कविहीन

मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान थालेपछि उनीहरू सम्पर्कविहीन बनेका हुन् ।

नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता

सीमा सुरक्षा चुनौतीहरूसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकाय बीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ ।

अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही

उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् ।

ट्रकको ठक्करबाट पत्रकारको मृत्यु

१३ कात्तिक, बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले पुष्टि गरेको छ । एउटै दिशातर्फ गइरहेको लु.प्र. ०१–००९ प…

रास्वपा सचेतक भन्छन्– न्यायालयमा विकृतिको अवशेष हुँदासम्म विद्रोहको अंश रहन्छ

१३ कात्तिक, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार न्यायालयमा विकृति रहन नहुने बताउँछन् । सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठिरहेको पृष्ठभूमिमा उनले यस्तो बताएका हुन् । उनका अनुसार, न्यायालय संविधानको पनि व्याख्या गर्ने सर्वोच्च निकाय हो । उनी भन्छन्, ‘भुईं मान्छेदेखि पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वाराजा ज्ञानेन्द्र शाहसम्म, भुईंमान्छेदेखि कर्मचारीसम्म । उद्योगीदेखि…

फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

उद्योग विभागका अनुसार उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्ड विपरीत सिधै खोलामा विसर्जन गरी प्रदूषण बढाएको भन्दै उजुरीहरू प्राप्त भएका छन् ।

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्छौं : शिक्षा मन्त्रालय

१३ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा. डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन गर्दै चिकित्सा शिक्षा सुधारका काम अघि बढिरहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी, चिकित्सा शिक्षा आयोगको स्थापना, छात्रवृत्ति व्यवस्थापन र देशभर चिकित्सा शिक्षाको पहुँच विस्तारलाई सहमति कार्यान्वयनका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरेको हो । मन्त्रालयका…

जापानका प्रस्तावित राजदूतबारे निर्णय लिन सुनुवाइ समितिको बैठक आह्वान

१३ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत थापाका सम्बन्धमा निर्णय लिन आगामी सोमबार दिउँसो ३ बजेका लागि बैठक राखिएको छ । बैठक सिंहदरबारमा बस्नेछ । २०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो…