XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

Online Khabar

No 1 News Portal from Nepal in Nepali.

राष्ट्रपतिले मनाए छठ, गुह्येश्वरीमा छठीमाताको पूजाआराधना

छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित बागमती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घदान गरेका छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझुका अरख’ सम्पन्न

मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।

नेपालको पदयात्रा : बाटो न बास, कहिलेसम्म गर्नुपर्ने आश ?

सगरमाथा आधार शिविर जाँदै गर्दा बाटोमा पर्ने एउटा लजमा तातोपानी पाइने भनिएकाले हामीले कोठाको भाडा केही बढी तिरेका थियौँ । तर, बिहान नुहाउन धारा खोल्दा पानी आएन । रातको चिसोले धारामै पानी जमेकाले यस्तो भएको लज सञ्चालकले सुनाए । गुनासो गरेपछि बल्ल उनले एक जग तातोपानी जुटाइदिए । सगरमाथाको फेदीसम्म पुग्ने यात्रामा पैसा तिरेर लिएको…

युवराज सम्राले काठमान्डुविरुद्ध बनाए अर्धशतक

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले जारी नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा चलिरहेको खेलमा सम्राले २६ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा ५१ रन बनाएका हुन् । एनपीएलमा चाैथो खेल खेलिरहेका क्यानेडियन ओपनर सम्राको यो दोस्रो अर्धशतक हो भने ५० रन…

ग्रामीण बस्ती र मझौला सहरमा कन्सर्ट गर्दै नेपथ्य

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदैछ । ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मंसिर ३ मा सौराहामा…

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको अन्तिम दिन छठ पर्वको सार्वजनिक बिदा भए पनि कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।

भावनात्मक एकता अभिवृद्धि गर्न छठको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री थापामगर

२९ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले छठजस्ता मौलिक सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । आइतबार छठ पर्वका अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर राष्ट्र हो ।…

प्रधानमन्त्रीको सचिवालयमा सरकारी मामिला समन्वय संयोजकको जिम्मा अधिकारीलाई

प्रधानमन्त्री बालेन शाहको सचिवालयमा सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी विशाल अधिकारीले पाएका छन्।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो

राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि मंसिर ४ गतेका लागि डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

सरकारले दानबहादुर कार्कीलाई थमायो विशेष सल्लाहकारको पत्र

मन्त्रिपरिषद्को बैठकपछि गत १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीलाई पत्र बुझाएका हुन् ।

असुरक्षित बन्दै पोखराको बाल सुधारगृह, फेरि भागे बालबन्दी

बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबन्दी राख्नुपर्ने, खाना र बासको राम्रो व्यवस्था नहुने लगायतका समस्याले यातनागृह जस्तो बनेको रिपोर्ट बेलाबेला सार्वजनिक हुने गरेको छ ।

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

२९ कात्तिक, काठमाडौं । चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई…

कांग्रेस रहेसम्म लोकतन्त्र खोस्न कसैले सक्दैन : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्।

‘फ्रेन्च किस’ को टिजर सार्वजनिक, प्रदर्शन मिति तोकियो

काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ ले टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गरिएको हो । ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छ । प्रेमका बारे आआफ्ना धारणा राख्छ ।…

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी दुबई प्रस्थान

१६ देखि १८ नोभेम्बर (सोमबारदेखि बुधरबार)सम्म हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलसहित तीन प्रहरी दुबई प्रस्थान गरेका हुन् ।

ज्येष्ठ नागरिकका हक-अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालयको माग

ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालय नहुँदा आफ्ना समस्या सुनाउने र समाधानका लागि पहल गर्ने अभिभावक निकायको अभाव महसुस भएको उनको भनाइ छ ।

एनपीएलको लिग चरणमा सात खेल बाँकी, प्लेअफ पुग्न कसलाई के चाहिन्छ ?

हालको अवस्थामा काठमान्डु र सुदूरपश्चिम एकआपसमा खेल्न बाँकी रहेको र एक टोलीको १० अंक पुग्ने पक्का रहेकाले दुई मध्ये एक टोली प्लेअफ पुग्ने निश्चित छ । काठमान्डुले सुदूरपछि पोखरासँग पनि खेल्न बाँकी छ ।

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन अहिले २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ । यद्यपि गत वर्षको माघ १५ गते सुनको मूल्य तोलामा…

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । संघ सरकारको यस्तै प्रवृत्तिबाट पाठ सिक्न नसकेका प्रदेश सरकारले आफ्नो प्रगति अझ दयनीय रहेको पुष्टि गरेका छन् ।

घोप्टेभीर : पहिरो छिचोलियो, ट्राफिक जाम छिचोल्न घण्टौंको सकस

सडकमा सवारी चालकहरूले अनुशासनहीन काम गर्दा तिहारमा घर पुग्न हतारिएका यात्रु घण्टौंसम्म सडकमा नै अलपत्र परेको प्रहरीको दाबी छ ।

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्‍भाव र मानवीय सम्बन्धसँग पनि गहिरोसँग गाँसिएको छ । तिहार अर्थात् दीपावलीलाई शारदीय नवसस्येष्टिको भावबाट हेर्दा यो केवल घरआँगनमा दीप प्रज्वलन गर्ने, धनसम्पत्तिको कामना…

लो स्कोरिङ खेलमा जनकपुरमाथि सुदूरपश्चिमको शानदार जित

६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको काठमान्डु गोर्खाज समान अंक जोडेपनि सुदूरपश्चिम रनरेटमा पछि छ ।

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

यो सङ्क्रमणकालीन अवस्थाले इजरायलमा एक अनौठो राजनीतिक परिदृश्य सिर्जना गरेको छ, जहाँ बहालवाला प्रधानमन्त्रीसँग जनमत छैन, तर राज्यका सबैभन्दा शक्तिशाली संस्थाहरूको साँचो भने उनकै हातमा छ।

कुवेतमा स्थापित नेपाली उद्यमी

वैदेशिक रोजगारीका लागि २२ वर्षअघि कुवेत पुगेका गुल्मी छत्रकोटका राजु कार्कीले सुरुमा यान्डविच बनाए । काउन्टरमा सघाए । सरसफाइ गरे । तर उनी आफैं रेस्टुरेन्ट मालिक बन्न चाहन्थे । साथीभाइसँग मिलेर चौतारी रेस्टुरेन्ट खोले । अहिले कुवेतका प्रमुख शहरहरूमा यसका १२ वटा आउटलेट सञ्चालनमा छन् । उनको व्यवसायले २०० भन्दा बढीलाई रोजगारी दिएको छ ।