XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

अन्तर्राष्ट्रिय समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण

१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्। ह्याकर्सले दुवै देशका नागरिकलाई फर्जी अलर्ट पठाएका छन्। यसले केही समयका लागि मानिसहरूमा त्रासको स्थिति पैदा गरेको छ। यी सन्देशहरूमा रेडिएसनको खतरा र परमाणु आक्रमण जस्ता चेतावनीहरू दिएका थिए। रूसको आपतकालीन मन्त्रालयले उसका अलर्ट एपमा ठूलो परिमाणमा साइबर…

पूर्व सीआईएका अधिकारी भन्छन्- अग्रता राख्न अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि जासुसी गर्नुपर्छ

प्रविधि क्षेत्रको प्रतिस्पर्धामा अमेरिकी कम्पनीहरूलाई अगाडि राख्न अमेरिकाले विदेशी कम्पनीहरूमाथि व्यावसायिक जासुसी (इकोनोमिक एस्पियोनाज) सुरु गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र जो बाइडेनको कार्यकालमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का उपनिर्देशक रहेका डेभिड कोहेनले अमेरिकी नीतिमै फेरबदल गरी विदेशी व्यापारिक गोप्य सूचनाहरू चोरी गर्नुपर्ने बहस छेडेका हुन्। अमेरिकी प्रतिष्ठित पत्रिका ‘फोरेन…

ट्रम्पले युद्ध अन्त्य गर्न नसक्ने भन्दै इरानले दियो लामो युद्धको चेतावनी

‘इरानको रक्षात्मक जवाफको दायरा, समय र परिणाम कसरी निर्धारण गर्ने भन्ने कुरा धम्की दिने पक्षले तय गर्न सक्दैन,’ उनले भनेका छन् ।

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तुप निर्माण

आर्थिक विकासलाई गति दिने उद्देश्यले ‘माइन्डफुलनेस सिटी’ निर्माण गर्ने महत्वाकांक्षी योजनाअन्तर्गत भुटानमा आइतबार ४० हजारभन्दा बढी स्वयंसेवकले १०८ वटा बौद्ध स्तुप निर्माण गरेका छन् ।

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।

वाल स्ट्रिट जर्नल र रुपर्ट मर्डोकविरुद्ध ट्रम्पले दायर गरेको मुद्दा किन भयो खारेज ?

अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चर्चित पत्रिका द वाल स्ट्रिट जर्नल र मिडिया उद्योगपति रुपर्ट मर्डोकविरुद्ध दायर गरिएको २० अर्ब डलरको मानहानी मुद्दा खारेज गरिदिएको छ।

नेतान्याहुसँग फोनवार्तापछि ट्रम्पले भने- इरानका १-२ वटा अखडा उडाउन बाँकी छ

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनमा कुराकानी गरेका छन्। वाल स्ट्रिट जर्नलका अनुसार, ट्रम्पले उक्त टेलिफोन संवादपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रमसँग जोडिएका एक-दुई वटा सैन्य केन्द्र अझै उडाउन बाँकी रहेको बताए। उता, अमेरिकी न्युज च्यानल एमएस नाउले वासिङ्टनले खाडी देशहरूलाई इरानमाथिको नयाँ आक्रमणका लागि…

बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको भनाइ छ।

अफ्रिकी युवाहरूमाझ बढ्दो रुसी प्रभाव: फ्रान्सलाई पछाडि पार्दै मस्को बन्यो मुख्य साझेदार

पूर्व औपनिवेशिक शक्ति फ्रान्सलाई पछाडि पार्दै मस्को अहिले अफ्रिकी युवाहरूका लागि मुख्य अन्तर्राष्ट्रिय मित्रका रूपमा स्थापित भएको छ ।

युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन

१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्। युद्ध सुरु भएयता घाइते भएका सर्वोच्च नेता खामेनेई र इरानी सशस्त्र बलका शीर्ष कमाण्डरबीच सार्वजनिक भएको यो पहिलो प्रत्यक्ष बैठक हो। बैठकमा उनले अमेरिका र…

जर्मनीका विभिन्न सहरमा ‘जेनजी’ को शान्तिपूर्ण प्रदर्शनपछि दङ्गा र लुटपाट, फ्र्याङ्कफर्टमा व्यापक हिंसा

शनिबार दिउँसोभर शान्तिपूर्ण रूपमा चलेको प्रदर्शन रात परेसँगै दङ्गा र हिंसामा परिणत भएको हो।

ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना ‘ट्रायम्फल आर्च’ को निर्माण कार्य रोक्न मुद्दा दर्ता

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्त्वाकाङ्क्षी परियोजना 'विजय तोरण' (ट्रायम्फल आर्च) को निर्माण कार्य सुरु हुनै लाग्दा यसलाई रोक्न वासिङ्टन डिसी र भर्जिनिया राज्यले अदालतमा संयुक्त रूपमा मुद्दा दर्ता गरेका छन्। डिसीस्थित सङ्घीय अदालतमा शनिबार दर्ता गरिएको निवेदनमा यो संरचना कानुनी मापदण्डविपरीत अत्यधिक अग्लो भएको र यसको निर्माणले वर्षौँसम्म सवारी आवागमन अस्तव्यस्त…

जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट

जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा पनि हिंसाका घटनाहरू भएका छन्।

इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल

द टाइम्स अफ इजरायलका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरोधी दलहरू मतदाताले सांसद र राजनीतिक दललाई मात्र नभई प्रधानमन्त्री पदका उम्मेदवारलाई पनि छुट्टै मत दिने व्यवस्था पुनः लागु गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन्।

सडक सफा गर्दै खाल्डाखुल्डी पनि पहिचान गर्छन् चालकविहीन रोबोट

चीनको नानजिङ सहरमा सडक सफाइका लागि चालकविहीन रोबोटको प्रयोग विस्तार हुँदै गएको छ।

फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन

महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ।

जापानको तटमा ६ म्याग्निच्युडको भूकम्प

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।

वाल स्ट्रिट जर्नलमाथिको ट्रम्पको मानहानि मुद्दा खारेज, न्यायाधीशले भने- दलिल निराधार

१५ कात्तिक, काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल पत्रिका र यसका मालिक रुपर्ट मर्डकविरुद्ध हालेको अर्बौं डलरको मानहानि मुद्दा खारेज गरिदिएको छ। उक्त पत्रिकाले एक रिपोर्टमा ट्रम्पको सम्बन्ध बदनाम धनाढ्य व्यापारी जेफ्री एप्स्टिनसँग रहेको दाबी गरेको थियो। रिपोर्टका अनुसार, सन् २००३ मा एप्स्टिनको ५०औँ जन्मदिनको एउटा एल्बममा एउटा चिठी…

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक

रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ।

ट्रम्पको दाबी– होर्मुजबाट सात महिनाअघिभन्दा बढी तेल प्रवाह भइरहेको छ

लामो भाषणका क्रममा ट्रम्पले पटक–पटक इरानको विषय उठाउँदै इरानको नौसेना र वायुसेना ध्वस्त पारिएको दाबी दोहोर्‍याए ।

युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् ।

दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्र, फेज-१ को बी-२९३/२९४ मा भएको थियो। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार कारखाना भित्र छ जना बेहोस अवस्थामा फेला परेका थिए । सबैलाई तुरुन्तै उद्धार गरी उपचारका…

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थीको प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् ।

जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्।

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्।

ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा भएको निर्वाचनलाई लज्जास्पद र ब्राजिलका जनताका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको, तर ब्राजिलमा भएका घटनाक्रम देख्दा त्यसलाई शब्दमा वर्णन गर्न कठिन भएको बताएका हुन् । भर्खरै सम्पन्न ब्राजिलको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन…

भुटानमा आकस्मिक बाढीले पुर्‍यायो क्षति, हिमताल विस्फोटको आशंका

यो बाढी सिन्ताफु हिमताल विस्फोट भएर आएको आशंका गरिएको छ । सिन्ताफु हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो ।

इजरायलमा नेतान्याहुको चर्को आलोचना

निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू

बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए ।