XIO

xWire

Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.

अन्तर्राष्ट्रिय समाचार – Online Khabar

No 1 News Portal from Nepal in Nepali.

स्पेनको चुनावी सरगर्मी : आप्रवासन र रोजगारीमा नेपालीको चासो

स्पेनको चुनाव नेपाली समुदायका लागि पनि चासोको विषय बनेको छ। यहाँ बसोबास गरिरहेका नेपालीको रोजगारी, परिवार पुनर्मिलन, बसोबास अनुमति र नागरिकतासँग सम्बन्धित विषय चुनावी नीतिसँग जोडिएका छन्। स्पेन आउने योजना बनाइरहेका नेपालीका लागि पनि आप्रवासनसम्बन्धी दलका प्रस्ताव महत्त्वपूर्ण छन्।

दक्षिण कोरियामा १० वर्षपछि हैजा

दक्षिण कोरियामा एक दशकपछि पहिलो पटक हैजाको सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले सुरक्षित पानी र स्वच्छ खानपानमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य…

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्‍याएको छ ।Z

भारतमा हवाई यात्रुको चाप, २ हजार बढी विमान खरिदको तयारी

भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलका अनुसार भारतलाई आफ्नो हवाई यातायातको आवश्यकता पूरा गर्न २ हजारभन्दा बढी विमान चाहिन्छ । त्यसैले हाल एयरलाइन्सले दिएका अर्डरबाहेक थप विमान खरिदको तयारी पनि भइरहेको उनले बताएका छन् ।

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक त्रिपक्षीय वार्ता, ‘शान्ति घोषणा’ जारी

त्रिपक्षीय बैठकपछि जारी संयुक्त घोषणामा तीन देशले ‘परमाणु युद्ध जित्न सकिँदैन र यस्तो युद्ध कहिल्यै लड्नु हुँदैन’ भन्ने धारणा व्यक्त गरेका छन् ।

युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्ने युरोपेली नेताहरूको घोषणा

४ मंसिर, काठमाडौं । युक्रेनमाथि रुसले गरिरहेको आक्रमण अन्त्य गर्ने उद्देश्यले रुससँग वार्ता गर्न तयार रहेको युरोपेली नेताहरूले बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा युक्रेनका सहयोगी राष्ट्रहरूको समूह ‘कोलिसन अफ द विलिङ’ को शिखर सम्मेलनमा उनीहरूले सो घोषणा गरेको बीबीसीले जनाएको छ । युरोपेली नेताहरुले युक्रेनको पक्षमा एकजुट समर्थन जनाउँदै वार्ताका लागि युरोपको स्पष्ट र…

अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

आईसीजेले बिहीबार म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि गरेको सैन्य दमनसम्बन्धी मुद्दामा फैसला सुनाएको हो ।

अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ को अक्टोबरमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो।

चीनको शक्ति देखाउन जिनपिङले किन रोजे सेन्जेन सहर ?

सेन्जेनको यो सम्मेलन केवल व्यापार र लगानीको कार्यक्रम मात्र होइन। यसैमार्फत चीनले प्रविधिको दौडमा आफू पछि नहट्ने सन्देश अमेरिकालाई दिन चाहन्छ।

इजरायली सैन्य कारबाहीको घोषणापछि गाजामा विस्थापन बढ्दै

गाजापट्टीको देर अल–बलाह क्षेत्रमा इजरायली सेनाले सैन्य कारबाही गर्ने घोषणा गरेपछि प्यालेस्टिनी नागरिकहरू विस्थापित हुन थालेका छन् ।

पुटिन र सीसँग भेटपछि चीनबाट फर्किए ट्रम्प, इरानबारे के भने ?

चीनको सेन्जेनमा एपेक सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए ।

सीको प्रस्ताव- चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

राष्ट्रपति सीले विश्वव्यापी गाउँमा ठूला शक्तिको विशेष जिम्मेवारी हुने पनि बताए ।

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। लाइभ फिड अनुसार, ८० वर्षीय ट्रम्प सोही समयमा झकाएको देखिए ।

बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।

चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्। चीनको सेन्जेनमा आयोजित एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सीईओ समिटमा व्यापारी नेताहरूलाई पुटिनले सम्बोधन गरेका छन्। सो क्रममा उनले पश्चिमा आर्थिक प्रतिबन्धहरूको…

सोनिया र राजीव गान्धीको जीवनमा एकपटक मात्रै झगडा भएको राहुलको दाबी

३ मंसिर, काठमाडौं । भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले आफ्ना आमाबुवा राजीव गान्धी र सोनिया गान्धीबीच जीवनमा एकपटक मात्रै झगडा भएको प्रसङ्ग सुनाएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित आमा सोनिया गान्धीको संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ विमोचन समारोहमा बोल्दै राहुलले आमाबुवाको प्रेमसम्बन्ध, पारिवारिक आत्मीयता र पिता राजीवको हत्यापछि आमाले भोगेको पीडाबारे…

रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क

३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा नरहेको पनि स्पष्ट पारेका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सबैभन्दा ठूला समर्थकमध्ये एक रहेका मस्कले पछिल्लो समय…

एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

३ मंसिर, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ। यससँगै एन्थ्रोपिकले गत जुन महिनामा स्पेसएक्सले ७५ अर्ब डलरको आईपीओमार्फत बनाएको कीर्तिमान तोडेको छ। बुधबार राति एक विज्ञप्ति जारी गर्दै एन्थ्रोपिकले कम्पनी र यसका…

लाइभ टिभी बहसमै पत्रकार र राजनीतिक विश्लेषकबीच कुटाकुट

३ मंसिर, काठमाडौं । आर्मेनियाको एक राजनीतिक बहस कार्यक्रमको प्रत्यक्ष प्रसारणका क्रममा पत्रकार र अतिथि वक्ताबीच हात हालाहाल भएको छ। आर्मेनियाको सरकारी प्रसारकको कार्यक्रम ‘द ग्रेट डिबेट’ मा शुक्रबार देशको राजनीतिबारे छलफल गरिरहेका पत्रकार बोरिस मुराजी र राजनीतिक विश्लेषक हारुत्युन म्क्र्च्यानबीच चर्काचर्कीपछि कुटाकुट भएको हो। सत्तारूढ दल र पूर्वराजनीतिक नेतृत्वसँग जोडिएका संवेदनशील प्रश्न उठेपछि बहस उग्र…

बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

पछिल्लो हिंसाले बंगलादेशको राजनीतिक अस्थिरता पुन: चर्किएको संकेत गरेको छ ।

चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

भिडियोमा ट्रम्प, सी जिनपिङ र उनकी पत्नी उभिइरहेको देखिन्छ । त्यही बेला पुटिन त्यहाँ पुग्छन् र ट्रम्पसँग हात मिलाउँछन् । त्यसपछि दुवै नेताले एकअर्काको काँधमा हात राखेर समेत अभिवादन गर्छन् ।

भारतमा अमेजनको सात अर्ब डलर लगानी

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा आन्तरिक विस्थापन बढ्दै गएको छ ।

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् ।

एलिस हुआङका श्रीमान्‌ले चीनमा कसरी ९ अर्ब डलरको डेटा सेन्टर साम्राज्य खडा गरे ?

एलिसका श्रीमान्‌ले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर बनाएका छन्। यो डाटा सेन्टरलाई चीन सरकारले सहयोग गरेको छ।

उपराष्ट्रपति जेडी भान्सले २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी देलान् ?

भान्सका योजनाबारे जानकार दुई स्रोतले अमेरिकी समाचार संस्था 'एक्सियोस' लाई बताए अनुसार, उनले आफ्नो राजनीतिक मनसाय सार्वजनिक रूपमा घोषणा गर्न सन् २०२७ को वसन्त ऋतुको अन्त्यसम्म प्रतीक्षा गर्न सक्छन्।

कुवेतस्थित अमेरिकी सैन्य संरचनामा इरानको आक्रमण

२ मंसिर, काठमाडौं । इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा अमेरिकी सैन्य ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्लेटफर्मलाई निशाना बनाएको जनाएको छ । त्यसअघि बुधबार बिहान कुवेती सेनाले आफ्नो…

चेक गणतन्त्रका प्रधानमन्त्रीले नेतान्याहुसँग हात नमिलाएपछि

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ ।