अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्यो कार्यदल
अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ ।
Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.
No 1 News Portal from Nepal in Nepali.
अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ ।
मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् ।
२२ कात्तिक, काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग रहेको आशंका गरिएको छ । प्रहरीका अनुसार २५ वर्षीय पोलिस नागरिकले क्राकोको व्यस्त पर्यटकीय क्षेत्र मेन मार्केट स्क्वायरमा कारबाटै गोली…
२२ कात्तिक, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गत अक्टोबरमा भएको चुनावभन्दा ठीक अगाडि इरानमाथि आक्रमण गर्न चाहन्थे। इजरायली न्युज च्यानल–१२ ले शुक्रबार प्रकाशित आफ्नो रिपोर्टमा यस्तो दाबी गरेको हो। रिपोर्टका अनुसार नेतान्याहुले इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख रोमन गोफम्यानसँग मिलेर आक्रमणको योजना बनाएका थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सुइँको पाएपछि हस्तक्षेप गरेर…
इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् । इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् । उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत व्यवस्थापन गर्न र त्यसको प्रभावकारी उपयोगका लागि सावधानीपूर्वक तथा गम्भीर योजना बनाउन बाधा पु¥याउन नहुने पनि बताएका छन्…
बेन्जामिन नेतान्याहुविरुद्ध कुन-कुन मुद्दा चलिरहेका छन्, तिनमा अब के हुन्छ र आइजेनकोटको सरकारमा मुस्लिम समुदायको प्रभाव कस्तो रहन्छ भन्ने चर्चा सुरु भएको छ ।
एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुुने भएको छ । यससँगै उनी चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक बन्नेछन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले ती पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उहाँ ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् ।
२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत सूचना सार्वजनिक गर्दै इरानले आणविक हतियार विकास गर्ने कुनै पनि प्रयासको विरोधमा अमेरिकी सरकार प्रतिबद्ध रहेको जनाएको छ ।…
पेनालाई पदमुक्त गरेपछि उपराष्ट्रपति पेद्रो आलियानाले नयाँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् ।
समाचार संस्था एपीको निर्वाचनपछिको मतदाता सर्वेक्षणले पनि आर्थिक असन्तुष्टि, सरकारी भ्रष्टाचार र राष्ट्रपतिको कार्यशैलीप्रतिको निराशालाई रिपब्लिकन पराजयका प्रमुख पृष्ठभूमिका रूपमा देखाएको छ।
इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ ।
रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ ।
इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्।
पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्।
२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही पोस्ट हटाएका छन्। मस्कले चुनावकै दिन ‘भोट रेड टुडे’ लेख्दै रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए। उनले अक्टोबर २९ मा रिपब्लिकन सिनेट उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै आफ्नो खातामा पिन…
२० कात्तिक, काठमाडौं । अमेरिकी कंग्रेसको बैठक आगामी साता पुनः सुरु भएसँगै यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित गोप्य दस्ताबेजहरू पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने मागले फेरि ठूलो राजनीतिक रूप लिएको छ। मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा बहुमत हासिल गरेपछि ट्रम्प प्रशासनको एपस्टिन फाइल व्यवस्थापन र छानबिनलाई लिएर कडा संसदीय अनुगमन हुने निश्चित भएको छ। 'एपस्टिन…
२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने उनको दाबी छ । पूर्वरियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक…
अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट उम्मेदवारहरूले सफलता हासिल गरेलगत्तै अमेरिका र एसियाका प्रमुख टेक कम्पनीहरूको सेयर बजारमा व्यापक गिरावट देखिएको छ ।
घटनाबारे विभिन्न देशमा अनुसन्धान भइरहेको छ भने हवाई सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने युरोपेली संघको संयन्त्र सक्रिय बनाइएको छ ।
गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ ।
ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज जलडमरुमा निर्बाध जलयात्रा पुनः सञ्चालन गर्न व्यावहारिक, राजनीतिक तथा प्राविधिक समझदारी कायम गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो। ओमानले…
यमनको आधिकारिकताप्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध एक महिनाको अवधिमा ४० हजारभन्दा बढी सैन्य कारबाही गरिएको जनाएको छ ।
उनीहरुले व्यवहारमा बाधा पुर्याउनु गाजामा प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको हिस्सा भएको उल्लेख गर्दै परिवारहरूले पनि आवास, आय र आधारभूत सेवाहरूको अभावको बोझ बोकेको जनाएका छन् ।
१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बरमा ताइवानका लागि ११ अर्ब डलर बराबरको हतियार बिक्रीलाई स्वीकृति दिएका थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री सम्झौता हो ।
जेलेन्स्कीले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरे त्यसले युक्रेनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ ।
१९ कात्तिक, काठमाडौं । एलोन मस्कले अमेरिकी मिडटर्म निर्वाचनमा रिपब्लिकन राजनीतिक उम्मेदवारहरूलाई जिַताउन निर्वाचन चक्रमा अहिलेसम्मै कसैले खर्च नगरेको जति अर्थात् करिब ४५ करोड डलर खर्च गरे। तर, यो लगानी डेमोक्र्याट्सहरूलाई शानदार जित हासिल गर्नबाट रोक्न पर्याप्त भएन। यस चुनावका सबैभन्दा सनसनीपूर्ण जितमध्ये एक डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोको पक्षमा गयो, जसले टेक्ससबाट अमेरिकी सिनेटको सिटमा रिपब्लिकन…