अ
३० कात्तिक, खार्तुम (रासस/एएफपी) । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ । आइतबार अबु कल्ब गाउँमा भएको आक्रमणमा अन्य केही घाइते भएका छन् भने कैयौँ घरमा आगलागी भएको स्थानीय अधिकार अनुगमन संस्थाले जनाएको छ । स्थानीय अधिकार अनुगमन संस्था कोर्डोफान अब्जर्भेटरीका अनुसार…
अ
अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ र शङ्कास्पद चिनियाँ जासुस एलिस ह्वाङबिचको प्रेम सम्बन्धको विवाद चर्किरहेका बेला मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले यस प्रकरणमाथि व्यङ्ग्यात्मक कटाक्ष गरेका छन्। डुरोभले सामाजिक सञ्जाल 'एक्स' मा व्यंगात्मक पोस्ट गर्दै एसियाली महिलाप्रति आकर्षित नहुने सीईओहरूले गुप्तचर एजेन्सीहरूबाट डेटिङका कम विकल्प पाउने…
अ
नेताहरूले युक्रेन र इरानका युद्धहरू, आणविक हतियार र एआई लगायतका विश्वव्यापी संवेदनशील विषयहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ।
अ
३० कात्तिक, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा…
अ
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् ।
अ
३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको…
अ
अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन् । तर विमान र चालक दल (क्रु) निर्धारित स्थानमा नरहेकाले सेवा नियमित हुन केही समय लाग्ने उनको भनाइ छ ।
अ
रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् ।
अ
बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए । बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई…
अ
इजरायली पक्षका अनुसार युनिसले ब्रिगेडका लडाकुलाई इजरायली नागरिक र सैनिकविरुद्ध आक्रमणको तयारी गर्न तथा त्यस्ता आक्रमण कार्यान्वयन गर्न निर्देशन दिँदै आएका थिए ।
अ
नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए पनि संसद् (नेसेट) मा भइरहेको औपचारिक सरकारी प्रक्रियाको अपमान गरिरहेको आइजेनकोटको आरोप छ ।
अ
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।
अ
अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् ।
अ
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गरेका छन्।
अ
२९ कात्तिक, तेहरान (रासस/सिन्ह्वा)। इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७:२५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम…
अ
२९ कात्तिक, काठमाडौं । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारसिप १५ ले आजसम्म कुनै रकेटले गर्न नसकेको काम गरेको छ। १४ नोभेम्बरमा स्टारबेसबाट उडेको उक्त रकेटदे अन्तरिक्षको कक्षमा पुगेर २६ वटा स्टारलिङ्क भी३ भूउपग्रहहरूलाई तैनाथ गरेको छ। यसले पृथ्वीको १४ फन्को लगायो र करिब २२ घण्टासम्म पृथ्वीको कक्षमा रह्यो। १५ नोभेम्बरमा फर्किएर…
अ
२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्याएका छन् । यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले जसमध्ये सबैभन्दा ठूलो खतरा इरान भएको बताए । सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा नेतान्याहुले आइजेनकोटसँगको आफ्नो कुराकानीले देशको…
अ
करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन सक्ने आशंका व्यक्त गरेका छन्।
अ
२८ कात्तिक, काठमाडौं । इटालीको एउटा सानो सहरबाट युवतीका रूपमा भारत आएकी सोनिया गान्धीका लागि ‘अपनत्व’ (बिलङिङ) को अर्थ केवल बस्ने ठाउँ खोज्नुमा सीमित थिएन । यो प्रेम, पहिचान, परिवार, वियोग र अन्ततः आफूले आफ्नो भन्न सक्ने देशसँग जोडिएको विषय थियो । यही यात्रालाई उनले आफ्नो आगामी संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ को केन्द्रमा…
अ
२८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो संस्मरण ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’मा बिहारका पूर्वमुख्यमन्त्री नीतिश कुमारले विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धन छाडेको विषयमा गरेको टिप्पणीप्रति जनता दल युनाइटेड (जेडीयू) ले आपत्ति जनाएको छ। सोनियाले सन् २०२४ जनवरीमा नीतिश कुमार गठबन्धनको बैठकबाट अचानक बाहिरिएको र त्यसका लागि ‘कमजोर बहाना’ बनाएको उल्लेख गरेकी…
अ
२८ कात्तिक, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका अनुसार विस्फोट हुँदा जाभोरोत्नी कार चलाइरहेका थिए। दुर्घटनापछि उनलाई अस्पताल भर्ना गरिएको थियो। जाभोरोत्नी २०१४ मा प्रधानमन्त्री पदबाट राजीनामा नदिई युक्रेन छोडेर रूस नगएसम्म अजारोभका सहायक थिए । यो विस्फोट सेन्ट…
अ
पुस्तकले स्वतन्त्र भारतको इतिहासका केही विवादास्पद घटनाक्रमहरूलाई पनि पुनः स्मरण गरेको छ, जसमा सन् १९८४ को अपरेसन ब्लु स्टार, सन् १९७५ को सङ्कटकाल र सन् १९९२ को बाबरी मस्जिद विध्वंस सामेल छन्।
अ
यद्यपि पेन्गुइन र्यान्डम हाउसले पछि एक विज्ञप्ति जारी गर्दै यस्ता 'छलफलहरू सामान्य' रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न 'इच्छुक र उत्सुक नै रहेको' दाबी गरेको थियो । तर सोनिया गान्धी स्वयम्ले लन्डनको 'द गार्जियन' पत्रिकालाई प्रकाशनपूर्व दिएको अन्तर्वार्तामा पेन्गुइन नै सम्झौताबाट पछि हटेको खुलासा गरेकी छन्।
अ
२७ कात्तिक, सिड्नी । अस्ट्रेलियाको मेलबर्न सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी फास्टफुड पसल, रेस्टुरेन्ट तथा क्याफेमा यसै साता संयुक्त अनुगमन गरिएको छ। अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरूले तीन दिनसम्म संयुक्त रूपमा विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेका हुन्। कर्मचारीलाई कानुनअनुसारको पारिश्रमिक नदिएको तथा कर र सुपरएनुएसन (अवकाश बचत) सम्बन्धी…
अ
गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।
अ
भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्।
अ
२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म…
अ
उत्तरी पाकिस्तानमा एउटा यात्रुवाहक भ्यान सडकबाट नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।
अ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
अ
२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको अनुसन्धानमा ध्यान केन्द्रित गर्ने बताएका छन्। ट्रम्पले अमेरिकालाई अब इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन्। भान्सले इरानसँग…